म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर माथि पिएसजीको निगरानी

म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पल पोग्बाका एजेन्ट मिनो राइओला सँग पिएसजीका प्रमुख नासर अल-खलयफीको वार्ता भएको जानकारी छ।

खबर अनुसार दुई बिच पिएसजी साइन गर्न इच्छुक रहेको केही खेलाडीहरू बारे छलफल भएको थियो र पोग्बा पनि पिएसजीको नजरमा रहेको खबर छ। युनाइटेडमा पोग्बाको सम्झौताको अवस्थाको पिएसजीले निगरानी गर्दै गरेको खबर छ। पोग्बाले युनाइटेड सँग सम्झौता विस्तार नगर्ने निर्णय लिन सक्ने छन् भने उनी फ्रान्समा खेल्न सक्ने छन्।

युनाइटेड सँग उनको सम्झौता अन्त्य हुने क्रममा रहेको छ भने उनलाई चाडै बेच्नु युनाइटेडको लागि एक मात्र विकल्प हुने छ। युनाइटेडले उनको लागि €८० मिलियन सम्म मग्न सक्ने खबर छ भने पोग्बा सँग नयाँ सम्झौता गर्न पनि युनाइटेड खुल्ला रहेको छ।

हाल उनले युनाइटेड सँग सम्झौता विस्तार गरेका छैनन् र उनलाई साइन गर्न अन्य धेरै क्लब इच्छुक रहेको चर्चा छ। युभेन्टसको नजर पनि उनी माथि रहेको खबर आउँदै गर्दा मिडफिल्डरका एजेन्ट सँग पिएसजीको वार्ता भएको छ।