म्यानचेस्टर युनाइटेडका फ्यानहरूले जलाए अमेरिकाको झन्डा

म्यानचेस्टर युनाइटेडका फ्यानहरूले क्लबका मालिक ग्लेजर परिवारको विरुद्ध विरोध प्रदर्शन गरेका छन्। क्लबका मालिक युरोपियन सुपर लिग गठनमा संलग्न रहेका थिए जुनबाट फ्यानहरू खुसी थिएनन् र हाल फ्यानहरूले क्लबका अमेरिकी मालिक ग्लेजर परिवारको विरोध गर्दै क्लबको स्टेडियम ओल्ड ट्राफोर्डलाई घेरे भने अमेरिकाको झन्डा जलाए छन्।

२००५मा युनाइटेडलाई अमेरिकी व्यापारी किन्ने देखि फ्यानहरू सो कुराबाट खुसी थिएनन् भने हाल फ्यानहरू आफ्नो क्लबको स्वामित्वको विरुद्ध विरोध गर्दै छन्।

धेरै समय देखि फ्यानहरू क्लबको अमेरिकी मालिकबाट खुसी थिएनन् भने सुपर लिगको गठनमा ग्लेजर परिवारको पनि संलग्नता रहे पछि फ्यानहरू झन् आक्रोशित भएका छन्।

अहिले सम्म क्लबका मालिकले सुपर लिग प्रयास बारे माफी नमागेको भने फ्यानहरू असन्तुष्ट छन् भने क्लबलाई बेच्न माग गर्दै छन्।

उक्त विरोधको क्रममा म्यानचेस्टर युनाइटेड फ्यानहरूले क्लबको मालिक विरुद्ध ब्यानरहरू देखाए भने अमेरिकाको झन्डा पनि जलाएको भिडियो हाल भाइरल हुँदै छ। क्लबको मालिकको विरोधमा देशको झन्डा जलाउनु नहुने भनेर केहीले सो कुराको आलोचना पनि गरेका छन्।