म्यानचेस्टर युनाइटेडका पुर्व स्ट्राइकर रुनी पक्राउ

अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डीसी युनाइटेडका स्ट्राइकर वायन रुनी पक्राउ परेका छन् ।सार्वजनिक स्थानमा मादकपदार्थ सेवन गरेपछि रुनी अमेरिकाको वासिङ्गटन डिसीमा गत डिसेम्बरमा पक्राउ परेका हुन् ।

म्यानचेस्टर युनाइटेडका पुर्व स्टार रुनीलाई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरिरहेको अवस्था गत डिसेम्बर १६ मा स्थानीय प्रहरीले पक्राउ गरिएको बताईएको छ । पक्राउ परेपछि रुनीलाई सार्वजनिक स्थानमा मादकपदार्थ सेवन नगर्ने बाचा गराएर छाडिएको प्रहरीले जनाएको छ । यस्तै रुनीलाई २५ डलर जरिवाना गरिएको समेत बताईएको छ ।

इंग्ल्यान्डका पुर्व कप्तान समेत रहेका रुनी एभर्टनबाट गत असारमा डीसी युनाइटेडमा अनुबन्धित भएका थिए । रुनीले यस सिजन लिगमा उत्कृष्ट प्रदर्शन समेत गरेका थिए ।