म्यानचेस्टर युनाइटेडका नयाँ कोचले गरे रोनाल्डोको प्रसंसा 

इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षक राल्फ रयाङनिकको नेतृत्वको पहिलो खेलमा जित हासिल गरेको छ। क्रिस्टल प्यालेस माथि युनाइटेडले १-० को जित निकालेको छ भने खेल पछि राल्फ रयाङनिकले आफ्नो टिमको प्रशंसा गरेका छन्।

“म टोलीले गरेको प्रदर्शनबाट धेरै खुसी छु, विशेष गरी खेलको पहिलो ३० मिनेट जब टिमले धेरै दबाबको साथ आक्रामक खेल्यो, यो निकै राम्रो थियो।

“हामीले जसरी डिफेन्ड गर्‍यौँ, हामीसँग सम्पूर्ण खेलको नियन्त्रण थियो, क्लिन शिट सबैभन्दा महत्त्वपूर्ण पक्ष थियो।

“हामीले सुधार गर्नु पर्ने चीजहरू छ। हामीले सो कुरामा ध्यान राख्न आवश्यक छ। केवल एक प्रशिक्षण सत्रको साथ, म साँच्चै प्रभावित भएँ। हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो गर्‍यौँ।

“हामीले खेलमा धेरै अगाडि हुन कोसिस गर्‍यौँ। हामी खेलमा कहिले धेरै पछाडी परेनौ सायद अन्तिम पाँच मिनेट बाहेक। अन्य सबै समयमा हामीले क्रिस्टल प्यालेसलाई हाम्रो गोल पोस्टबाट टाढा राख्ने प्रयास गरेका थियौँ।

“हामी दुई स्ट्राइकरहरूसँग खेल्न चाहन्थ्यौँ, विशेष गरी सेन्ट्रलमा क्रिस्टियानो रोनाल्डोको ‘अफ द बल’ प्रदर्शन धेरै उत्कृष्ट रहेको थियो।