म्यानचेस्टरको क्लब इंग्लिश फूटबल लिगबाट निष्कासित

म्यानचेस्टरको क्लब, ब्युरी एफसी इंग्लिश फूटबल लिगबाट निष्कासित भएको छ। उक्त क्लबलाई क्लब बिक्रि गर्न र नयाँ मालिक खोज्न इंग्लिश फुटबल संघ केहि समयको अल्टिमेटम दिएको थियो र उक्त समय बित्दा क्लबले सो आदेश पुरा गर्न नसक्दा ब्युरी एफसी इंग्लिश फूटबल लिगबाट निष्कासित गरिएको हो।

ब्युरी एफसी इंग्लिश फूटबलको १२५ वर्ष पुरानो सदस्य हो र उक्त क्लब परिसमापनको निकै नजिक रहेको थियो र उक्त क्लबलाई नयाँ मालिक खोज्न मौका दिए पनि समयमा क्लब बिक्रि गर्न नसक्दा क्लबलाई निष्कासित गरिएको छ र उक्त क्लब परिसमापन हुने पक्का भैसकेको छ।