म्याड्रिड डर्वी बराबरीमा रोक्यो

ला लिगामा गएराती भएको म्याड्रिड डर्वी बराबरीमा सकिएपछि यस सिजनको ला लिगाको उपाधि बार्सिलोनाले जित्ने अब लगभग निश्चित भएको छ ।
दुई म्याड्रिड क्लबको बराबरीपछि बार्सिलोना लिगको उपाधि जितको नजिक पुगेको हो । ला लिगामा अब केबल ७ खेल खेल्न बाँकी हुदा बार्सिलोनालाई ११ अंकको स्पस्ट अग्रता मिलेको छ । समग्रमा हेर्दा आइतबारको म्याड्रिड डर्वी दुई म्याड्रिड क्लब बराबरीमा हुदा बार्सिलोना विजयी भएको देखिएको छ ।
एथलेटिकोसँगको बराबरी पछि रियल भने लिगको चौथो स्थानमा पुगेको छ ।
गएराती भएको म्याड्रिड डर्वीमा क्रिस्टियानो रोनाल्डो र एन्टोनी ग्रिजम्यानले गोल गरेका थिए । खेलको ५३औ मिनेटमा रोनाल्डोले ग्यारेथ वेलको क्रसमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसको केहि मिनेटमै ग्रिजम्यानले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो बराबरीपछि रियल अब च्याम्पियन्स लिगमा र एथलेटिको युरोपा लिगमा फोकस हुने देखिएको छ ।
रोनाल्डोले यस खेलमा गोल गर्दै पछिल्ला १० खेलमा रियलका लागि २० गोल गरेका छन् भने यस सिजनमा कुल ४० गोल गरेका छन् । ला लिगामा रोनाल्डोले २३ गोल गरेका छन् । ला लिगामा मेसीले २९ गोल गर्दै यस सिजनको उच्च गोलकर्ताको रुपमा शिर्ष स्थानमा रहेका छन् ।