म्याड्रिड डर्बीमा रियल म्याड्रिडको लज्जास्पद हार

न्यु जर्सिमा भएको इन्टरनेसनल च्याम्पियनस कपको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिड संग ७-३ को लज्जास्पद हार बेहोरेको छ ।

रियल र एट्लेटिको को युरोप बाहिर यो पहिलो म्याड्रिड डर्बी हो ।

म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले खेलको १ मिनेटमै डिएगो कोस्टाको गोलमा अग्रता लिएको हो । खेलको ८ औं मिनेटमा नयाँ खेलाडी जोओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाइ २-० को अग्रता दिलायो ।

त्यसपछि १९ औं मिनेटमा एन्जेल कोरेएले गोल गर्दै एट्लेटिकोले ३-० को अग्रता लियो । २८ मिनेटमा फेरि डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोले ४-० बनायो । पहिलो हाफको अन्तिम मिनेटमा पेनाल्टी मार्फत फेरि कोस्टाले गोल गर्दै एट्लेटिकोले पहिलो हाफमै ५-० को अग्रता लियो ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमै डिएगो कोस्टाले अर्को गोल थपे र ब्यक्तिगत ४ गोल गर्न सफल भयो । ५९ मिनेटमा रियलका नाचोले गोल गर्दै खेल ६-१ मा ल्यायो । त्यसपछि खेलको ६४ मिनेटमा कार्भहाल र कोस्टा दुबैले रातो काड खादै १०-१० खेलाडीमा सिमित रह्यो । खेलको ७० मिनेटमा एट्लेटिकोका भिटोलोले गोल, ८५ मिनेटमा बेन्जेमाले पेनाल्टीबाट गोल गर्दै खेल ७-२ मा ल्यायो र ८९ मिनेटमा हर्नाडेजले गोल गर्दै खेल ७-३ मा ल्यायो र एट्लेटिकोले सान्दार जित हात पार्यो ।