म्याड्रिड डर्बीमा एट्लेटिकोमाथी रियलको सहज जित

ला लिगामा लिग लिडर रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएको छ ।

आइतबार राति भएको मड्रिड डर्बीमा रियल २-० गोल अन्तरले विजयी भएको हो ।

रियलको जितमा करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे ।

घरेलु मैदानमा खेलको १६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ५७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए ।

यस जितसँगै रियलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

रियलले १७ खेलमा ४२ अंक जोडेको छ ।

एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।