एट्लेटिको म्याड्रिडले ‘नेक्स्ट रोनाल्डो’ फेलिक्सलाई कीर्तिमानी मुल्यमा भित्र्यायो

पोर्चुगिज युवा फरवार्ड जोओ फेलिक्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध भएको छ । एट्लेटिकोले फेलिक्सलाई £१२६ मा बेन्फिकाबाटअनुबन्ध गरेका हुन । उनले ७ बर्षको सम्झौता गरेका छन् ।

फरवार्ड एन्टोइन ग्रिजमनले क्लब छाड्ने बताएसँगै एट्लेटिको नयाँ फरवार्डको खोजीमा रहेको थियो ।

यो सिजन बेन्फिाकालाई पोर्चुगिज लिग च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका फेलिक्सको क्लबसँग २०२३ सम्म सम्झौता रहेपनि उनले क्लब छाड्ने पक्का भएको हो । पोर्चुगलको सिनियर टोलीबाट पनि खेलिसकेका फेलिक्सले एट्लेटिको रोज्नुको पछाडि पहिलो रोजाइमा खेल्ने मौका हो ।

फेलिक्सले बेन्फिकाका लागि यो सिजन ४३ खेल खेल्दै २० गोल गर्नुका साथै ११ असिस्ट दिएका थिए । बेन्फिकालाई पोर्चुगिज लिग च्याम्पियन बनाउन फेलिक्सले यो सिजन २६ खेलमा १५ गोल गर्नुका साथै ७ असिस्ट गरेका थिए ।

युरोपा लिग अन्तरगत क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टविरुद्धको खेलमा सनसनीपुर्ण ह्याट्रिक गरेसँगै उनको चर्चा चुलिएको थियो । फेलिक्सले ५ जुनमा घरेलु मैदानमै आयोजना भएको युइइफएइ नेसन्स लिगको सेमिफाइालमा स्वीट्जरल्यान्डविरुद्ध ३–१ को जित निकालेको खेलबाट पोर्चुगलको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।