म्याच अघि २० पटक बाथरुम जाने मेसी कप्तानका लायक छैनन् : म्याराडोना

अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाले अर्जेन्टिनी फुटबलका वर्तमान सुपरस्टार लियोनल मेसीको लिडरशिप क्वालिटीमाथि प्रश्न उठाएका छन् । पूर्व विश्वविजेता म्याराडोनाले अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीबारे कुरा गर्दा मेसीबारे पनि चर्चा गरेका छन् ।

म्याराडोनाका अनुसार खेलअघिको व्यवहारका कारण मेसी कप्तानी भूमिका निर्वाह गर्ने लायक नरहेको मान्छन् । म्याराडोना भन्छन्, “उनले मैदानमा यो कुराको माग गरेका छन्, तर टिममेटहरुसँग कुरा गर्नुअघि उनी प्ले स्टेशन खेल्न थाल्छन् ।”

-खेलदैनिक

एक मेक्सिकन कार्यक्रममा कुरा गर्दै म्याराडोनाले अगाडी भनेका छन्, “मेरो लागि कुरा गर्नु अलि कठिन होला, तर खेलअघि २० पटक बाथरुम जाने खेलाडीलाई कप्तान बनाउनु मुर्खता हो । मेसी बार्सिलोनामा पनि मेसी हुन् र अर्जेन्टिनामा पनि मेसी नै हुन् ।

म मेसीलाई कहिल्यै बोलाउँदिन तर म उसलाई कहिल्यै नाई पनि भन्दिन । उसमाथिको दबाब हटाउनु आवश्य छ । मेसीबाट लिडरशिप हटाउनु जरुरी छ, हामी चाहन्छौं उनी केवल मेसी बनुन, जुन उनी बन्न सकिरहेका छैनन् ।”

साथै म्याराडोनाले आफूले मेक्सिकोको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक बन्न इच्छुक रहेको समेत स्वीकारेका छन् । हाल उनी एक मेक्सिकन क्लबको व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेका छन् ।