बिग ब्यास लिगमा ब्रिस्बेन हीट र सिडनी थंडर बीचको खेलमा उस्मान ख्वाजाले निकै अनौंठो कार्य गरे। उनले म्याचको बीचमा आफ्नो प्यान्ट फुकाले पछि कमेन्टर्स, फ्यान र विपक्षीका खेलाडीहरु आफ्नो हाँसो रोक्न सकेनन।
Have … have you ever seen this before 😂
Usman Khawaja had to change everything – on the field! 🙈#BBL10 pic.twitter.com/XOKsXkhLVS
— 7Cricket (@7Cricket) January 31, 2021
मानुका ओवलमा भएको म्याचमा ब्याटिंग गर्दै गरेका सिडनी थंडरका उस्मान ख्वाजाले नवौं ओभरमा खेल रोके र आफ्नो प्यान्ट फुकाले। उनी आफ्नो तल्लो पेटमा राख्ने गार्ड परिवर्तन गर्न चाहन्थे र सो गर्न उनले खेलको बीचमा आफ्नो प्यान्ट र जुत्ता फुकाल्न परे।
Usman Khawaja looks so awkward stripping off the pants in the middle of Manuka 🤣🤣🤣 #BBL10
— Davis Harrigan (@DeadlineDavis) January 31, 2021
हाल उनको सो भिडियो निकै भाइरल हुदै गएको छ भने उनको मिम पनि बनेको छ। सो खेल भने ब्रिस्बेन हीटले ७ विकेटले जितेको थियो।
उक्त खेलमा उस्मान ख्वाजाको अप्ठ्यारो पल हाल भाइरल भएको छ।