ह्यारी म्यागुइरले लिभरपुलसँग पुरा तीन अंक लिन सक्ने चेतावनी दिएका छन। आईतबार राती हुने खेलमा आफ्नो टिमले ३ अंक लिन सक्ने क्षमता रहेको दाबी पनि गरे।
शुक्रबार एस्ली योङ इन्टर मिलानमा आबुद्ध भए पछि युनाईटेडले म्यागुइरलाई कप्तानको जिम्मा दिएका छन।
जर्गन क्लोपको लिभरपुलले जारी सिजन युनाईटेडबिरुद्ध अंक बाद्न पुगेको थियो गत बर्षको नोवेम्बरमा। प्रेमियर लिगमा सबै खेल जितेको लिभरपुल युनाईटेडसँग भने १-१ गोलको बराबरीमा रोकेको हो।
क्लबको आधिकारिक वेबसाइटमा बोल्दै म्यागुइरले आफुहरुले एन्फिल्डमा जित्ने अवसर खेर नफाल्ने बताए।
जब रेड्सकोबिरूद्ध उनीहरूको अघिल्लो नतिजाले हौसला मिल्छ भनेर सोद्धा, म्यागुइरले भने: “हो, यसले हामीलाई आत्मविश्वास दिन्छ, तर टोलीको रूपमा हामी कुनै पनि खेल जित्ने विश्वस्त छौं।
“हामीले लिभरपूलकोबिरूद्ध बराबरी खेल्यौ र सिटीलाई जित्यौ र यि दुबै शीर्ष क्लब हो। हामीले जुनै पनि खेल जित्न सक्छौ र आईतबार पनि हामीले ३ अंकको लागि खेल्ने छौ।