‘मौरिसियो पोचेटिनोको व्यवस्थापनबाट मेस्सी असन्तुष्ट’

पिएसजीका सुपरस्टार मेस्सी क्लबका कोच मौरिसियो पोचेटिनोको रणनीतिक योग्यता र टोलीको हालको खेल योजनाबाट खुसी नरहेको गेट फ्रान्स फुटबलले रिपोर्ट गरेको छ।

२०२०को सुरुमा थोमस टुचेल बर्खास्त भए पछि मौरिसियो पोचेटिनोले उनको ठाउँ लिएका थिए। पूर्व टोटेनह्याम कोचबाट पिएसजीको भने धेरै अपेक्षा रहेको छ। मेस्सी, नेमार, एम्बाप्पे, रामोस र अन्य ठुला स्टारले भरिएको क्लबले धेरै उपाधि जित्न सक्ने धेरैको विश्वास रहे पनि लिग वानमा पिएसजीको खेल धेरै उत्कृष्ट भने रहेको छैन।

गेट फ्रेन्च फुटबलका अनुसार, मेस्सी हालका कोचको व्यवस्थापकको रणनीतिक योग्यता र टोलीको वर्तमान खेल योजनाबाट असन्तुष्ट रहेका छन्। पोचेटिनोले मेस्सी, नेमार र किलियन एमबाप्पेलाई फ्रन्ट थ्रीको रूपमा प्रयोग गर्दा पनि पोचेटिनो नतिजाको लागि सङ्घर्ष गर्दै छन्।

च्याम्पियन्स लिगमा सिटी विरुद्धको खेलमा पिएसजीका फ्रन्ट थ्रीले डिफेन्डरहरूलाई ‘क्लोस डाउन’ गर्न र अगाडिबाट बल डिफेन्ड गर्न प्रयासमा कमी गरेको भनेर आलोचना भएको थियो।

नेमार हाल चोटको कारण अब विस्तारित अवधिको लागि बाहिर छन्, र मार्को भेराट्टीको फिटनेसमा समस्याहरूको कारण आफ्नो टोलीमा सन्तुलन ल्याउन पोचेटिनो अझै सङ्घर्ष गर्दै छन्। पोचेटिनोले एउटै लाइन-अप एक पटक भन्दा बढी प्रयोग गरेका छैनन् र पोचेटिनोले खेलहरूमा पर्याप्त चीजहरू परिवर्तन गर्न नसकेको चिन्ताहरू रहेको छ।