मौरित्सियो पोचेटिन्होको छोरा अब व्यवसायीक फुटबल खेल्ने

टोटनहमका मुख्य प्रशिक्षक मौरित्सियो पोचेटिन्होको छोरा मौरित्जियो पोचेटिन्होले क्लबसँग पहिलो सम्झौता गरेका छन्। उनले आफ्नै बुवाले प्रशिक्षक गरिरहेको क्लबसँग सम्झौता गरेको हो।

१८ वर्षीय उनले क्लबसँग सम्झौता गरेपछि फोटो सामाजिक संजाल इन्स्टाग्राममा शेयर गरेका छन्। उनले यसअघि टोटनहमको युवा टिमबाट खेल्दै आएका थिए। मौरित्जियोले पहिलो पटक व्यवसायीक खेलाडीको रुपमा सम्झौता गरेको हो। मौरित्जियोले टोटनहमको यु -२३ टिमबाट खेल्नेछन्।

स्पेनको बार्सिलोना शहरमा जन्मेका उनले यु -१८ टिमबाट २३ खेल खेलेका छन्। उनी टोटनहम आउनुअघि साउथह्याप्टनबाट खेल्दै आएको हो।