मौउरिन्होले म्यान्चेष्टर युनाईटेड छाडे

जोसे मौउरिन्होले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड छाडेका छन् । करिब साढे २ बर्ष ओल्डट्राफोर्डमा बिताएका माउरिन्होले क्लब छाड्ने निर्णय गरेका हुन् ।

निरन्तरको खराब नतिजासंगै माउरिन्हो आफै पनि दबाबमा थिए । पछिल्लो समय उनले खेलाडीको प्रर्दशनलाई लिएर सार्वजनीक रुपमै असन्तुष्टि पोख्ने गरेका थिए ।
लिगको पछिल्लो खेलमा चिरप्रतिद्वन्दी लिभरपुलसंग फराकिलो अन्तरले पराजित भएसंगै उनीमाथि थप दबाब बढेको थियो ।

प्रिमियर लिगका सफल प्रशिक्षकको फुटबल करियर पछिल्लो समय ओरालो लाग्न थालेको छ । लण्डन क्लब चेल्सीबाट बर्खास्तमा परेपछि उनलाई प्रिमियर लिगकै सफल क्लब म्यान्चेष्टर युनाईटेडले प्रशिक्षकको हट सिटमा बसालेको थियो । तर निरन्तरको खराब नतिजाले निराश बनेका माउरिन्होले क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।

‘म्यान्चेष्टर युनाईटेड कामको समय उनले गरेको योगदानलाई धन्यवाद दिन चाहन्छ र उनको सफल भविष्यको कामना गर्दछ ।’ क्लबद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, ‘सिजनको अन्तिम सम्म हेर्नका लागि नयाँ प्रशिक्षक नियुक्त गरिनेछ । पुर्णकालिन प्रशिक्षकका लागि आवश्यक प्रक्रिया अघि बढाईनेछ ।’