मोहम्मद सलहा माथि पेनाल्टीको लागि ‘डाइभ’ गरेको आरोप

मोहम्मद सलहाले वेस्ट ह्याम बिरुद्धको खेलमा पेनाल्टीको लागि ‘डाइभ’ गरेको भनेर लिभरपूलका लेजेण्ड ग्रिम सौनेसले आरोप लगाएका छन्।

वेस्ट ह्याम बिरुद्धको खेलमा लिभरपूल १-०ले पछि परेको बेला मोहम्मद सलहाले लिभरपूलको लागि पेनाल्टी जिते र उनले सो पेनाल्टीको लागि ‘डाइभ’ गरेको भनेर आरोप लागेको छ।

उनले स्काई स्पोर्ट्स संग कुरा गर्दै भने: “म तेस्तो पेनातली दिदिनँ यदि म प्रिमियर लिगको रेफ्री भएको भए।

“त्यो बिल्कुल एक अप्राकृतिक ढंग थियो जसरी उनि लडे। वास्तवमा उसलाई धेरै लागेको थिएन, वेस्ट ह्याम खेलाडीले उनको खुट्टा संग सानो सम्पर्क मात्र गरेको थियो।

“मलाई लाग्छ कि यो लापरवाह हो र सलहाले आफूलाई भुँइमा फ्याँक्न एक विशाल निम्तो पाए।

“मलाई लाग्छ कि यो वास्तवमै कठोर पेनाल्टी हो र म एक लिभरपूल समर्थक हु।”