मोरेनोको लिभरपुल मोह

एजेन्सी, युरोपा लिगको फाइनलमा म्यान्चेस्टर युनाईटेडलाई हराउदै भिल्लारियलले उपाधी उचाले। यो उपाधी इतिहासमा पहिलो पल्ट भिल्लारियलले जितेको हो।

भिल्लारियलका लेफ्ट ब्याक अल्बर्टो मोरेनो दोश्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै पेनाल्टी सुटआउटमा गोल गरे। उन्ले २०१६ मा लिभरपुलबाट युरोपा लिग जित्न असफल भए पनि यो पाली भने सफल रह्यो।

मोरेनोले खेल सके पछि आफ्नो समाजिक संजालमा प्रत्यक्ष आएर लिभरपुल मोह देखाउदै ” यु विल नेभर वक अलोन ” भन्दै पुरानो क्लब प्रती जित समर्पित गरे।

त्यसो त उक्त प्रतिक्रिया लिभरपुल समर्थकहरुले खुलेरै प्रंशसा गरेका छन। युनाईटेडलाई उपाधी जित्नबाट बन्चित गरेकोमा लिभरपुल समर्थकले उन्लाइ बधाइ तथा धन्यवाद दिए।

लेफ्ट ब्याकले २०१४-२०१९ सम्म रहदा लिभरपुलका लागि १४१ खेल खेले। उन्ले सिजनको अन्तिम खेल २०१९ को च्याम्पियन्स लिग त्यो नै अन्तिम खेल र उपाधी रह्यो लिभरपुलका लागि।

स्पेनिशको यो दोश्रो युरोपा लिग हो। उन्ले २०१४ मा सेभिल्लाबाट जितेको थियो।