मोरिन्होले गरे एक बर्षको जेल सजाय स्विकार

म्यान्चेस्टर युनाईटेडका हेड कोच होसे मोरिन्होले लगभग ३ मिलियन पोउन्ड बराबरको कर छलेको आरोप लाग्दा उनले एक बर्षको जेल सजाय स्विकार गरेका छन ।

उनले एउटा आरोपको लागि ६ महिनाको सजाय स्विकार गरेका छन । उनलाई २ पटक कर छलेको आरोप लगेको कारण ६-६ महिना गरी एक बर्षको सजाय स्विकार गरेका छन । जेल सजाय मात्र नभएर उनले १.७ मिलियन पोउन्ड बराबरको जरिमाना पनि तिर्नुपर्ने छ ।

कर छलेको आरोपमा पहिले पनि धेरै फूट्बल कोच र खेलाडी हरु परीसकेका छन । रोनाल्डो र मेस्सी पनि कर छलेको आरोपमा पहिले परीसकेका छन ।

तर स्पेनको कानुन अनुसार सबैलाई २ बर्ष भन्दा कम समयको आफ्नो पहिलो सजाय माफ गरिने छ । त्यसैले अरु थुप्रै कर छलेका खेलाडी र कोचहरु जसरी नै मोर्हिनो भने जेल चै जानुपर्ने छैन । उनले तोकिएको जरिमाना तिरे मात्र पुग्ने छ ।