मोराटा र एलेग्री बिच खेलको क्रममा विवाद भए पछि

इटालियन क्लब युभेन्ट्सका कोच मासिलियानो एलेग्री र स्टार खेलाडी अल्भारो मोराटा बिच खेलको क्रममै विवाद भए पछि सो ’bout धेरै चर्चा हुँदै गरेको छ।

युभेन्टसका मुख्य प्रशिक्षक एलेग्री र स्ट्राइकर अल्भारो मोराटा बीच आइतबार जेनोवा विरुद्धको खेलमा टचलाइनमा भना भन भएको थियो। युभे खेलमा १-०ले अघि रहेको बेला ७३ औँ मिनेटमा एलेग्रीले मोराटालाई सब्सित्युट गर्ने निर्णय लिए र सो निर्णयबाट मोराटा भने खुसी थिएनन्।

एलेग्रीको उक्त निर्णयबाट आक्रोशित भए पछि मोराटा सब्सित्युट बेन्चमा जानु अगि आफ्नो कोच एलेग्री सँग विवाद गर्न पुगे र दुई बिच टचलाइनमा भना भन हुन पुगेको थियो। खेलको ७२ औँ मिनेटको जेनोवाका डेभिडे बिरास्ची सँग विवाद भएको थियो र उनले पहेँलो कार्ड पाएका थिए र सो पछि खराब मुडमा रहेका थिए र एलेग्रीले ७३ औँ मिनेट मोराटालाई सब्सित्युट गर्ने निर्णय लिएका थिए।

पिचसाइड माइक्रोफोनले दुई बिचको विवाद रेकर्ड गरेको थियो भने एलेग्री मोराटाको कार्डबाट खुसी नरहेको देखिन्थ्यो भने

स्ट्राइकरले उनको जवाफमा: “मैले के गरेको छु?!” भन्दै गरेको उक्त माइक्रोफोनले रेकर्ड गरेको थियो। उक्त खेल भने युभेन्टसले २-०ले जितेको थियो र खेल डिबाला र जुआन कुएड्राडोले गोल गरेका थिए।