मोराटाले लिभरपूल बिरुद्धको च्याम्पियन्स लिग खेल गुमाउन सक्ने

एटलेटिको म्याड्रिडले एल्वारो मोराटाको दाहिने खुट्टामा मांसपेशीमा चोट लागेको पुष्टि गरेका छन्।

शनिबारको म्याड्रिड डर्बीमा उनि घाइते हुन पुगेका थिए, खेलको ५०औं मिनेटमा चोट लागे पछि स्टार फोर्वार्ड पिचबाट बाहिर आउन बाध्य भए।

चोटको कारण उनले च्याम्पियन्स लिगको अन्तिम १६ राउन्डको खेल पनि गुमाउन सक्ने भएका छन्। एटलेटिकोले उक्त खेलमा लिभरपूलसँग खेल्ने छ, चोटको कारण एटलेटिकोले उक्त राउन्डको पहिलो लेगमा आफ्नो महत्त्वपूर्ण स्ट्राइकर गुमाउन सक्ने भएको छ।

उनले ग्रानाडासँगको आउँदो लिग खेल भने गुमाउने निश्चय भएको छ र फेब्रुअरी १५मा भ्यालेन्सिया संगको खेल पनि गुमाउने सक्ने छन्।