मोराटाले गरे अफसाइडको ह्याटि्रक गोल

बुधबार राती भएको युभेन्ट्स र बार्सिलोना बिचको च्याम्पियन्स लिगको समूह चरणको खेलमा रोनाल्डो रहितको युभेन्ट्सले २-० ले खेल हार्यो ।

खेलमा बार्साका डेम्बेले र मेस्सीले एक एक गोल गरेका थिए ।

उक्त खेलमा युभेन्ट्सका फर्वार्ड अल्भारो मोराटाले ह्याटि्रक गरे तर सबै गोल अफसाइड रह्यो ।

मोराटाले १६, ३० र ५५ औं मिनेटमा गोल गरेका थिए तर सबै अफसाइड थियो ।