२०२२ फिफा विश्व कपको राउन्ड-अफ १६मा यो विश्व कप जित्ने दाबेदार मध्ये एक रहेको स्पेन मोरक्को सँग पेनाल्टीमा हार्दै नक-आउट भएको छ भने खेल पछि स्पेनिस मिडफिल्डर रोड्रिले मोरक्कोको डिफेन्सिभ रणनीतिको आलोचना गर्दै मोरक्को भन्दा स्पेन जितको बढी हकदार रहेको दाबी गरेका छन्।
🎙 Rodri: “Morocco offered absolutely nothing. Without disrespecting them. In the game, they did nothing. They just waited for the counters. They stayed behind and tried to counter us!” #ESP | #MAR | #FIFAWorldCup pic.twitter.com/shZE4yPAdb
— Football Tweet ⚽ (@Football__Tweet) December 6, 2022
“उनीहरू आफु कसरी खेल्न चाहन्छन् भन्ने कुरामा स्पष्ट थिए- स्पेनिस मिडफिल्डर रोड्रिले खेल पछि भने।
“हामीले राम्रो फुटबल उत्पन्न गर्यौँ, तर पेनाल्टीहरू त्यस्तै हुन्छ, हामी धेरै सटीक थिएनौँ।
“हामी घर जाँदै छौँ, हामी धेरै खराब महसुस गर्दै छौँ, यो मेरो सबैभन्दा खराब दिनहरू मध्ये एक हो। मोरक्कोले हामीले अपेक्षा गरे अनुसार खेले, आफ्नो ११ खेलाडीहरु पछाडि राखेर। उनीहरूले खेल्ने हरेक खेल जस्तै, अरू के भन्ने मलाई थाहा छैन। हामी अर्को चरण पुग्ने मेरो चाहना थियो।”
“फुटबल खेल क्रूर छ, यसले निष्पक्षतालाई बुझ्दैन, यसले बल पोस्ट भित्र गएको मात्र बुझ्दछ र पेनाल्टी भनेको चिठ्ठा हो।”
१३० मिनेट सम्म ०-०को बराबरी पछि खेल पेनाल्टीमा गएको थियो भने पेनाल्टीमा ३-०को स्कोर निकाल्दै मोरक्कोले विश्व कप जित्ने दाबेदार मध्ये एक रहेको स्पेनलाई नक-आउट गरेको थियो । अब क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगल विरुद्ध खेल्ने छ।