मोड्रिचले लेभान्टेविरुद्धको खेल गुमाउने

एजेन्सी, रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले लेभान्टेविरुद्धको खेल गुमाउने भएको छ । आइतबार रातीको खेलका लागि मोड्रिच तिघ्रामा चोट लागे पछि गुमाउने पक्का भएको हो ।

शुक्रबारको प्रशिक्षणको दौरान क्रोएसियन मिडफिल्डरले चोट बोक्न पिगेका थिए । उनी टोलिका लागि उपलब्ध हुने छैनन् ।

उनले कति समय मैदान बाहिर रहने टुंगो भने भइसकेको छैन । शनिबार बाकी मेडिकल जाँच गरे पछि टुंगो लाग्ने बताएको छ ।

मोड्रिच र क्रुस दुबै चोटका कारण टोलिमा समावेश नहुदा र ओडेगार्ड आर्सनलको बाटो लागे पछि रियलसंग मिडफिल्डरको खाचो परेको छ ।

क्यासमेरो र भल्भर्डेको स्थान पक्का जस्तो छ । अर्को मिडफिल्डमा एसेन्सियोको सम्भावना बलियो रहेको छ ।