मोड्रिचको विकल्पको रूपमा स्टार मिडफिल्डर साइन गर्न रियल इच्छुक

रियल म्याड्रिड लियोनका स्टार मिडफिल्डर साइन गर्न इच्छुक रहेको खबर छ। लियोनका हौसेम आउरमा रियलले धेरै समय देखि चासो देखाउँदै आएको छ र जिदान उनको फ्यान पनि हुन्।

यो सिजन सुरु हुने अगाडी पनि रियलले उनलाई साइन गर्न प्रयास गरेको थियो भने तर सो चाल सफल हुन सकेको थिएन।

खबर अनुसार रियल अझै पनि उनीमा इच्छुक छ भने पिएसजी, युभेन्टस र आर्सनलले चासो देखाए पनि कुनै क्लबले उनको लागि लियोनले माग गरेको मूल्य तिर्न सफल हुन सकेको छैन।

उनको लागि लियोन €५० मिलियन माग्ने खबर छ जुन तिर्न रियल केही अनिच्छुक रहेको छ। रियलले एम्बाप्पे र हालान्द जस्तो खेलाडीमा आफ्नो नजर राख्दा आउरको लागि €५० मिलियन खर्च गर्नु राम्रो निर्णय हुन सक्दैन।

मिडफिल्डमा उनको निकै राम्रो प्रदर्शन रहेको छ र गत सिजन च्याम्पियन्स लिगमा लियोनको लागि उनको खेल निकै राम्रो थियो भने रियलले उनलाई लुका मोड्रिचको विकल्पको रूप हेर्ने गरेको जानकारी छ। लुका मोड्रिच हाल ३५ वर्षका भएका छन् र २२ वर्षका हौसेम आउर उनको राम्रो विकल्प हुन सक्ने जिदानको विश्वास रहेको छ।