मोङ्गोलियाको पोस्टमा जपानको एक दर्जन बदि गोल

एजेन्सी, विश्व कप एसिया छनौट अन्तर्गत केही बेर अगाडि खेलेको खेलमा जपानले मोङ्गोलियालाई फराकिलो गोल अन्तरले पराजित गरेको छ।

जपानले मोङ्गोलियालाई १४-० गोल अन्तरले पराजित गर्दै शिर्ष स्थानमा पकड मज्बुद पारेको हो।

जपानले खेलको १३ औं मिनेटमा मिनामिनोको गोलमा अग्रता लिएको थियो। त्येस पछि गोल गर्ने क्रम निरन्तर खेल भरी चली रहयो।

खेलको २३ औं मिनेटमा ओसाकाले योशिदाको पासमा गोल गरे भने दोश्रो गोलको तीन मिनेट पछि कमदाले गरे। त्येस्तै ३३ औं मिनेटमा मोरिटाले गरे भने पाचौं गोल आत्मघाती बन्न पुग्यो।

पहिलो हाफमा ५-० गोल अन्तरले अघि रहेको जपान दोश्रो हाफमा ९ गोल गरे। खेलको ५५ औं मिनेटमा ओसाकाले आफ्नो व्यक्तिगत दोश्रो गोल गरे भने टोलिका लागि छैठो गोल गरे।

त्येस्तै सातौ गोल खेलको ६८ औं मिनेटमा इनागाकीले गरे। इतोले आठौं गोल गर्दा फुरुहासीले नौं गोल गरे। इतो र फुरुहासीले आफ्नो व्यक्तिगत दोश्रो गोल खेलको ७९ र ८७ औं मिनेटमा पूरा गरे।

खेलको अतिरिक्त समयमा ओसाका, इनागाकी र असानोले गोल गर्दै १४ गोलको संख्यामा पुराए।

जपानको यो अन्तर्राष्ट्रिय फुटबलमा दोश्रो सर्वाधिक गोल अन्तरले जित हो।

जपान विश्व कप छनौटमा ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडै शिर्ष स्थानमा रहेको छ भने मोङ्गोलिया ६ खेलमा १ जित र ५ हार व्योहोर्दै ३ अंकका साथ पुछारमा रहेको छ।