मोउरिन्होको नयाँ क्लबबाट डेब्यु खेलमा मात्र एक हार

जोसे मोउरिन्होले नयाँ क्लबकोलागी आफ्नो शुरुवाती लिग खेलमा मात्र एक खेलमा पराजय भोग्नु परेको छ। पोर्तुगिसको नयाँ अध्याएको सुरुवातमा शनिबार टोटेनहमले वेष्ट ह्यमको सामना गर्ने छन।

उन्को पहिलो लिग खेलमा हार १९ बर्ष अगाडि बेन्फिका प्रशिक्षक हुँदा बेहोरेका थिए। त्येस यता उन्ले आफ्नो टोलीलाई ४ जित र ३ बराबरीसंगै कुनै हार बेहोरेको छैन।

मोउरिन्होले आफ्नो पहिलो खेल अर्को लण्डनको क्लब वेष्ट ह्यमबिरुद्ध खेल्ने छ र त्येस तर्फ प्रस्थान गर्ने छ। पछिल्लो सिजनको च्याम्पियान्स लिगको उपबिजेता जारी सिजन १४ अौ स्थानमा रहेको छ।

प्रेमिएर लिगमा चेल्सीको मुख्य प्रशिक्षकमा डेब्यु गर्दा उन्को टिमले म्यान्चेस्टर युनाईटेडलाई २००४ मा पराजित गरेको थियो। उनी चार बर्ष पछि इन्टर मिलान जादा पहिलो खेलमा सम्डोरियासँगको खेल गोल रहित बराबरी टुङिएको थियो। त्यस्तै ला लिगामा पनि उन्को पहिलो खेल बराबरीमा सकेको थियो।

चेल्सीको दोस्रो पटक प्रशिक्षक हुँदा हल सिटीलाई २-० को सहज जित दर्ता गराउन सफल भए। म्यान्चेस्टर युनाईटेडमा पनि उन्को पहिलो खेल बोर्नमाउथबिरुद्ध जित हात परेका थिए।

मोउरिन्होको काधमा ठुलो जिम्मेवारी थपेको छ। उन्ले टोटेन्हमको च्याम्पियान्स लिग मुख्य लक्ष्य रहेको बताए पनि चौथो स्थान म्यान्चेस्टर सिटीभन्दा ११ अंक कम रहेको छ। फेरी एक्पल्ट मोउरिन्होले आफ्नो पहिलो खेलमा जित हात पार्न लण्डन स्टेडियम तर्फ लाग्ने छन।