एजेन्सी । जर्मनीले फिफा विश्व कपका लागि युवा स्ट्राइकर युसुफा मोउकुकुलाई प्रतियोगिता खेल्ने टिममा समेटिएका छन् । जर्मनीले विश्व कप खेल्ने २६ सदस्यीय टोलिमा मोउकुकु पर्न सफल भएको हो ।
मोउकुकुसंगै साउथह्याप्टनका डिफेन्डर अर्मेल बेला कोटचापलाई समेत टिममा समावेश गरेको छ ।
जर्मनका मुख्य प्रशिक्षक हान्सी फलिकले घोषणा गरेको टोलिमा यी दुई खेलाडी अप्रत्याशित रुपमा टिममा अटाएका हुन् ।
आरबी लेप्जिगका स्ट्राइकर टिमो वार्नरले चोट बोक्दै प्रतियोगिता गुमाउने भए पछि मोउकुकुले टिममा स्थान बनाएको हो ।
त्यस्तै, वेन्डर ब्रेमेनका फरवार्ड निकोलस फुलरगले पनि जर्मन टिममा स्थान बनाउन सफल भएको छ । यो सिजनको बुन्डेसलिगामा १० गोल गरेका फुलरग उत्कृष्ट लयमा छन् ।
यस्तै, पाँच वर्ष पछि मारियो गोटजाले टिममा पुनरागमन गरेका छन् । उनैको निर्णायक गोलमा जर्मनीले २०१४ विश्व कप उपाधी जितेको थियो ।