‘मैले ३ वटा उपाधी जितेको छु, यो भन्दा बढी के गर्न सक्छु?’ – रोनाल्डोले बालोन डि’ओर को वारेमा बोले

क्रिस्टियानो रोनाल्डोले आइतबार पोर्चुगललाइ युइएफए नेसन्स लिगको उपाधि जिताउन सहयोग गरे पछि सामान्यतया उत्साहित मूडमा थिए ।

युभेन्ट्सका फर्वाडले ३४ बर्षको उमेरमा अझै पनि उतिकै राम्रो र व्यापक रूपमा उनको स्थिरता आफ्नो सम्पूर्ण क्यारियरमा देखाएका छन् ।

“मैले अहिले सम्म नराम्रो खेलेको छैन, १६ बर्ष देखी अंकहरूले आफै देखाएका छन,” उनले भने।

बालोन डि’ओर को दौडमा मेस्सी सबैभन्दा अघि देखिन्छन्, तर हालै पोर्चुगलले जितेको उपाधीले पनि रोनाल्डोलाइ दाबेदार बनाउछ ।

“मैल ३ वटा उपाधीहरु जिते र राम्रो खेले, यो भन्दा बढी मैले के गर्न सक्छु?” उनले भने”

“के म बालोन डि’ओर जित्ने योग्य छु? मलाई थाहा छैन, म त्यो तपाईंहरूलाइ नै छोद्ने छु । तपाईंहरुले नै यो मुल्यांकन गर्ने हो, म आफैलाई मूल्याङ्कन गर्दिन । “