“मैले सबै ठाउँमा जितेको छु, हाल विश्वकप जित्ने मेरो सपना हो”

क्रिस्टियानो रोनाल्डो अझै पोर्चुगलको साथ विश्व च्याम्पियन बन्ने आशालाई सम्बोधन गर्दैछन् ।

२०२२ सालको विश्वकप कतारमा हुने छ सो समय युभेन्टसका सुपरस्टार ३७ बर्सका हुने छन् र युभेका स्टारले पुर्तगाललाई युरो २०१६ र नेशन्स लिग जित्न मद्दत गरिसकेका छन् तर उनी त्यसमा सन्तुष्ट छैनन्।

“हामीले युरोपेली च्याम्पियनशिप जस्तो विशेष कुरा जित्यौं।” रोनाल्डोले भने।

“हामीले आफ्नो खुट्टा मैदानमै राख्नु पर्छ हामीले २०१६मा युरो जित्यौं र अब हामी विश्व कप जित्न चाहन्छौं।

“यो सम्भव छ, सबै सम्भव छ। तर हामी व्यावहारिक हुनुपर्दछ।

“मैले धेरै पटक भनें, मेरो सपना पोर्तुगलको राष्ट्रिय टोलीका लागि केहि जित्नु हो र मैले दुईवटा उपाधि जितेको छु जसले मलाई खुशी बनाएको छ।

“मैले खेलेको हरेक क्लबमा जितेको छु, तर अब वर्ल्ड कप मेरो सपना हो।”