“मैले रोनाल्डो, मेस्सी र जाल्टन संग खेलेको छु तर मेस्सी सबै भन्दा उत्कृष्ट हुन्”

पेरिस सेन्ट-जर्मेन स्टार एन्जेल डी मारियाले लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेमार जस्ता स्टार संग खेलेका छन्, र उनले आफु संग खेल्ने सबै भन्दा सर्वश्रेष्ठ खेलाडीको नाम लिएका छन्।

डि मारिया युरोपका सम्भ्रान्त आक्रमणकारीहरू मध्ये एक हुन्। उनले रियल म्याड्रिड, म्यान्चेस्टर युनाइटेड जस्तो क्लबमा खेलेका छन् र अहिले फ्रान्सेली दिग्गज पेरिस सेन्ट-जर्मेनमा खेल्दै छन्।

रियलसँगको समयमा उनले रोनाल्डोसँग खेलेका थिए भने अर्जेन्टिना राष्ट्रिय टिमका लागि मेस्सीसँगै खेल्छन्।

“[वेन] रुनी, [जाल्टन ] इब्राहिमोभिक, क्रिस्टियानो [रोनाल्डो], लियो [मेस्सी] सँग खेल्ने सपना पुरा हुनु थियो। तिनीहरू यस्तो खेलाडीहरू हुन् जुन संग मैले प्लेस्टेशनमा खेल्ने गरेको थिएँ र मैले उनीहरूसँग वास्तवमा खेल्ने अवसर पाएको छु,यो मैले सोचेको थिएन।- डि मारियाले भने

“म उनीहरूलाई हेर्ने गर्थें र उनीहरूसँग खेल्ने अवसर पाउँदा साँच्चै नै राम्रो लाग्थ्यो। तर सबै मध्ये मेस्सी उत्कृष्ट हुन्।

“क्रिस्टियानो एक धेरै राम्रो खेलाडी हुन् र नेमारको खेल फुटबलको लागि एक आनन्द हो।”