‘मैले बार्साबिरुद् मुद्दा लड्न चाहिन; त्यसैले बार्सा मै बस्ने निर्णय गरे’

बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्याम्प नाउमै बस्ने भएका छन् ।

फुटबलको वेबसाइट गोल डटकमसँगको अन्तर्वार्तामा मेस्सीले आफु क्लबमै बस्ने बताएका छन् ।

‘म बार्सिलोनामा रहन्छु र मेरो मनोवृत्ति परिवर्तन हुँदैन,’ मेस्सीले भनेका छन्, ‘मैले क्लब, अध्यक्षलाई भने कि म जान चाहन्छु। म हरेक वर्ष भन्दै आएको छु ।’

यस अघि मेस्सीले बार्सिलोनालाई पत्र लेख्दै आफुले क्लब छाड्ने बताएका थिए । मेस्सी क्लबको प्रशिक्षणमा समेत सामेल भएका थिएनन् ।

‘मैले सोचे कि बार्सिलोना मेरो समय सकियो । दुखको कुरा म सधै मेरो करियर यहिँ अन्त्य गर्न चाहन्छु,’ मेस्सीले भनेका छन् ।

तर, बार्सिलोना मेस्सीलाई क्लबमै राख्ने योजनामा रहेको थियो । यस्तै बार्सिलोनाले मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो समेत तोकेको थियो ।

कीर्तिमानी ६ पटकको बालोन डी’ओर विजेता मेस्सी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो ।

पछिल्लो १० दिन मेस्सी र बार्सिलोनाबीच निकै तिक्तता देखिएको थियो ।

मेस्सीका एजेन्ट समेत रहेका उनका पिता जर्ज मेस्सी बुधबार बार्सिलोना आएर क्लबसँग छलफल गरेको थियो । उनले क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेट गरेका थिए ।

मेस्सीले क्लबमा आफ्नो लागि यो वर्ष कठिन भएको बताउदै अध्यक्ष बर्टामेउले आफ्नो वाचा पुरा नगरेको समेत बताए ।

‘यो धेरै गाह्रो वर्ष थियो मैले प्रशिक्षण, खेल र ड्रेसिंग रूममा धेरै यातना भोगे,’ मेस्सीले भने, ‘अध्यक्षले सधै भन्थे कि सिजनको अन्त्यमा मैले आफ्नो भविष्यको निर्णय गर्न पाउछु । छाड्ने या बस्ने इच्छा मेरो हुनेछ । तर, उनले वाचा पुरा गरेनन् ।

‘मेस्सीले क्लबका लागि उपाधि जित्ने अभियानलाई कायम राख्ने समेत बताए ।

‘म एउटा जित्ने परियोजना चाहन्छु र लिजेण्ड बार्सिलोनाको रुपमा उपाधि जित्न चाहन्छु । सत्य यो हो की त्यहाँ लामो समयबाट कुनै परियोजना छैन,’ मेस्सीले थपे ।

मेस्सीले बार्सिलोनाका मानिस र पत्रकारिताबाट आफु दुखी भएको बताए ।

‘बार्सिलोनिस्मोबारे मानिसहरुबाट र पत्रकारिताबाट सुनेको कुराले मलाई चित्त दुख्यो । त्यहाँ धेरै गलत मानिस छन् । यसलाई मलाई को कस्तो छ भनेर हेर्न मद्दत गर्यो,’ मेस्सीले थपे, ‘जब मलाई यस क्लबप्रति मेरो प्रेमबारे प्रश्न गरियो यसले मलाई चोट पुर्रायो । बार्सिलोना प्रतिको मेरो प्रेम कहिल्लै बदलिने छैन ।

‘मेस्सीले आफ्नो परिवारको चाहना समेत आफु बार्सिलोनामै रहेको बताए ।

‘जब मैले छाड्नेबारे मेरो श्रीमती र बच्चाहरुलाई बताए । क्रुर नाटक भयो । मेरो सबै परिवार रुन थाले । मेरो बच्चाहरु बार्सिलोना छाड्न चाहदैन थिए । उनीहरु स्कुल परिवर्तन गर्न चाहदैन थिए,’ मेस्सीले भने ।

अर्जेन्टिनी फरवार्ड मेस्सी बार्सिलोनाका कीर्तिमानी खेलाडी हुन् । क्लबको एकेडेमीबाट हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् ।

मेस्सीले बार्सिलोनाबाट थुप्रै कीर्तिमान बनाएका छन् ।  मेस्सीले बार्सिलोनाबाट क्लब फुटबलको सबै उपाधि जितेका छन् ।

३३ वर्षीय मेस्सीको सम्झौता २०२१ सम्म रहेको छ ।