“मैले जितेको सबै उपाधि भन्दा मेस्सीलाई कोचिङ गर्नुले मलाई धेरै खुसी दिनेछ”

ब्राजिल राष्ट्रिय टिमका पुर्व कोच लुइज फिलिपे स्कोलारीले बार्साका सुपरस्टार मेस्सीको टिमलाई कोच गर्ने आफ्नो इच्छा स्पष्ट गरेका छन्। आफूले जितेको सबै उपाधि भन्दा मेस्सीको कोच बन्न पाए उनी धेरै खुसी हुने स्कोलारीले दाबी गरे।

लुइज फिलिपे स्कोलारी २०१४को विश्वकपको लागि ब्राजिलका कोच थिए भने त्यो भन्दा अघि २००२मा उनले ब्राजिललाई विश्वकप जिताएका थिए। उनी चेल्सी र पोर्चुगलका पनि कोच बनिसकेका छन्।

हाल उनले एक अन्तर्वार्तामा मेस्सी प्रति आफ्नो आदर भावनाबारे बोले। “मैले जितेको सबै उपाधि भन्दा मेस्सीको कोच बन्नुले मलाई धेरै खुसी दिनेछ”- स्कोलारीले बताए।

डिएगो म्याराडोनाको कोच बन्नु पनि उनको सपना रहेको उनले बताए। “म सधैँ भन्छु मेरा उत्कृष्ट सपना म्याराडोना र मेसीको प्रशिक्षक बन्नु थियो। सो अनुभव साझा गर्न पाए म धेरै खुसी हुने थिए।

“मैले क्रिस्टियानो रोनाल्डो, रिभाल्डो, रोनाल्डो वा फिगो जस्ता ठुला खेलाडीहरू सँग काम गरेको छु, जो उत्कृष्ट थिए।”

हाल लुइज फिलिपे स्कोलारी ब्राजिलियन क्लब क्रुजेरो फुटबल क्लबको कोचको रूपमा नियुक्त भएका छन्।