“मैले एम्बाप्पेलाई पिएसजी छोडेर रियल जान आग्रह गरेको थिए” 

एसी मिलानका स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिचले आफूले फ्रान्सका युवा स्टार किलियन एम्बाप्पेलाई पिएसजी छोडेर ला लिगा क्लब रियल म्याड्रिडमा जान आग्रह गरेको दाबी गरेका छन्।

एक अन्तर्वार्तामा बोल्दै उनले आफ्नो पूर्व क्लब पिएसजीको कुरा गरे र हाल पिएसजीका सुपरस्टारको रुपमा रहेको एम्बाप्पेलाई रियलमा खेल्न एक पटक आग्रह गरेको खुलाए भने पिएसजीका अध्यक्षलाई एम्बाप्प्पेलाई नबेच्न चेतावनी पनि दिए।

स्विडिस स्ट्राइकरले पेरिसमा चार वर्ष बिताए, तर एमबाप्पे मोनाकोबाट आउनु अघि उनले क्लब छोडेका थिए।

“यो सत्य हो कि मैले एम्बाप्पेलाई क्लब छोड्न सल्लाह दिए,” इब्राहिमोभिचले कोरीरे डेला सेरा सँग कुरा गर्दै दाबी गरे।

“उनलाई थप संरचित वातावरण चाहिन्छ, जस्तै रियल म्याड्रिडमा।

“तर त्यसपछि मैले पिएसजीका अध्यक्षलाई उनलाई नबेच्न चेतावनी पनि दिएको छु।”