“मैले अझै धेरै गोल गर्नुपर्छ”

नर्वेका स्टार अर्लिङ हालाण्डले बायर्न म्युनिख बिरुद्ध आफ्नो गति र शक्ति प्रदर्शन गरे तर फिनिसिङ्गमा केहि अभावको कारण बोरुसिया डर्टमन्डले उक्त खेलमा २-३को हार बेहोरेको थियो।

अर्लिङ हालाण्डले स्वीकार गरेका छन् कि बायर्नसँगको पराजितमा एक गोल गरे पनि गोलको अगाडि उनी अझै क्लिनिकल हुनुपर्छ।

२० वर्षका स्टारले सो खेलमा एक गोल गरे पनि उनले केहि मौका खेर फाले।

“मैले अझै धेरै गोल गर्नुपर्छ,” उनले भने। “यदि हामीले यसरी हाम्रो अवसरहरु खेर फाले, हामी केहि जित्न सक्दैनौं।”

नर्वेका स्टारले चार शटहरू प्रहर गरे पनि उनले दुई ठूला अवसरहरू मध्ये एक खेर फाले।, उनले खेलमा रनहरु र पासमा पनि गल्ती गरे।

“[बायर्न] विश्वकै सबभन्दा राम्रो टोली हो र हामीले उनीहरू जस्तै राम्रो हुनको लागि अर्को कदम चाल्न कडा परिश्रम गर्नु पर्छ,” अर्लिङ हालाण्डले भने।