मैदान बाहिर पनि युभेन्टसमा क्रिस्टियानो रोनाल्डोको यस्तो उत्कृष्ट प्रभाव

रोनाल्डो २०१८मा युभेन्टस आएका थिए र उनको प्रदर्शन युभेमा निकै उत्कृष्ट रहेको छ भने युभेन्टसले उनीबाट फाइदा फुटबलमा मात्र नभै फुटबल बाहिर पनि पाएको छ। क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई विश्व फुटबलको सबैभन्दा सफल ब्रान्ड मध्ये एकमा रूपान्तरण गर्न मद्दत गरेका छन्।

पोर्तगालका सुपरस्टार संसारको एक प्रसिद्ध खेलाडी हुन् र उनले मार्केटिंग सुप्रीमोको रूपमा आफूलाई स्थापित गरेका छन्।

गज्जेटाको वित्तीय रिपोर्ट विवरणले देखाउँदछ कि कसरी २०१८/१९मा रोनाल्डोको आगमनको मद्दतमा इटालियन पक्षले €५८ मिलियनको अतिरिक्त राजस्व कमाए।

रोनाल्डो रियल मैड्रिडबाट क्लबमा सामेल भएदेखि क्लबको प्रशंसकहरूको विश्वव्यापी नेटवर्क पनि बढेको छ।

रोनाल्डोसँग वफादार प्रशंसकहरू छन्, जो उनलाई आफ्नो क्यारियरको प्रत्येक टोलीमा पछ्याउँछन् र त्यो सेरी ए मा पनि देखिएको छ।

उदाहरणका लागि युभेन्टसको इन्स्टाग्राम पेजले धेरै फाइदा उठाएको छ, रोनाल्डो क्लबमा आए पछि क्लबको इन्स्टाग्राममा फॉलोअर्स ४० मिलियन भन्दा बढी भएको छ।

रोनाल्डोको मदतले युभेन्टसको सर्ट प्रायोजक जिप जस्ता प्राथमिक प्रायोजकहरूसँग सम्झौता नवीकरण वार्तामा फाइदा पुगेको छ र प्रायोजक रकम पनि ‘ट्रिपल दरमा’ बढेको खुलेको छ। म्यान्चेस्टर युनाइटेडका प्रायोजकहरू रोनाल्डोको यस्तो प्रभावबाट सचेत भए पछि युनाइटेडलाई रोनाल्डो साइन गर्न मद्दत गर्न प्रायोजकहरू इच्छुक रहेको पनि केहि समय अघि चर्चामा आएको थियो।