‘मैदानमा विपक्षी खेलाडीलाई थुक्ने’ कोस्टामाथि ‘कडा कारबाही’ हुने

खेल दौरान विपक्षी खेलाडीलाई थुक्ने युभेन्टसका खेलाडी डग्लस कोस्टालाई क्लबले कडा कारबाही गर्ने भएको छ । लिगअन्तर्गत गत राति सासुओलोविरुद्ध भएको खेल दौरान उनले मैदानमा खराब व्यवहार देखाएका थिए ।

कोस्टाले विपक्षी खेलाडीलाई मैदानमा खराब व्यवहार देखाएका थिए । दोस्रो हाफमा मैदान छिरेका कोस्टाले खेल दौरान फ्रान्सेसकोलाई सुरुमा कुइनो र टाउकोले हानेका थिए । त्यसपछि अझै आक्रोति भएका उनले थुकेका थिए । लगत्तै उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदानबाहिर पठाएका थिए ।
कोस्टाको यस्तो व्यवहारपछि उनलाई क्लबले कडा कारबाही गर्ने प्रशिक्षक एलेग्रीले बताएका छन् । त्यसगैगरी, लिगले उनलाई पनि कारबाही गर्ने छ । कोस्टामाथि कम्तीमा तीन खेलको प्रतिबन्ध लाग्ने सक्नेछ ।

खेलपछि युभेन्टसका प्रशिक्षक मासीमिलानो एलेग्रीले कोस्टाको गलत व्यवहार अकल्पनीय भएको बताउँदै क्लबले कडा कदम चाल्ने बताए । ‘अवस्श्य पनि, उनी कारबाहीको भागीदार हुनेछन्, यसमा कुनै दुईमत छैन । उनको यस्तो व्यवहार मैले अपेक्षा नै गरेको थिइनँ,’ उनले भने ।