मैदानबाहिर खुसी छैन : पोग्बा

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी पउल पोग्बाले कोरोना भाइरस संक्रमणको कारण रोकिएको फुटबल सुरु होस् र आफू मैदान प्रवेश गर्न पाउँ भन्ने चाहेका छन् ।

आइतबार उनले आफू मैदानमा फर्कन आतुर भएको बताएका छन् ।

विश्वकप विजेता फ्रान्सेली खेलाडीले यो सिजन म्यानचेस्टरका लागि ८ पल्ट मात्र खेलेका छन्। खुट्टाको चोटका कारण उनी लामो समयदेखि मैदान बाहिर नै छन्।

डिसेम्बर २६ यता अहिलेसम्म नखेलेका पोग्बाले भनेका छन्, ‘अहिले म अभ्यास गरिरहेको छु र बलमाथि नियन्त्रणको प्रयास गरिरहेको छु। लामो समयदेखि मैदान बाहिर रहेकोमा म खुसी छैन।’

@Kantipur