मैत्रीपूर्ण खेलमै खेलाडीहरू बिच ठुलो झगडा भए पछि

डच क्लब फेयनुर्ड र स्पेनिस क्लब एट्लेटिको म्याड्रिड बिच भएको मैत्रीपूर्ण खेलको हाल धेरै चर्चा हुँदै गएको छ। उक्त म्याचको खेल वा गोलहरूको भन्दा पनि खेलमा भएको झगडाको कारण उक्त खेलको हाल धेरै चर्चा हुँदै गरेको छ।

मैत्रीपूर्ण खेलहरू शान्तिपूर्ण र कम प्रतिस्पर्धी हुने गरेको हुन्छ जसको कारण खेलहरूमा धेरै तनाव हुने गर्दैन तर फेयनुर्ड र एट्लेटिको म्याड्रिड बिचको खेल निकै तनावपूर्ण हुन पुग्यो। खेलको ४० औँ मिनेटमा फेयनुर्डका खेलाडी बल अगाडी लाग्ने क्रममा रहेको बेला एट्लेटिकोका यानिक क्यारास्कोले उनलाई फाउल गरे उक्त फाउल पछि दुवै टिमका खेलाडीहरू बिच तनाव हुन पुग्यो।

उक्त फाउल पछि पनि यानिक क्यारास्कोले फेयनुर्डका खेलाडीहरू विरुद्ध आक्रामक रहे भने उनले रातो कार्ड पाए तर कार्ड पाए पछि उनी झन् आक्रामक हुन पुगे र उनले मैदान छोडेनन् भने उनलाई मैदान बाहिर लग्न एट्लेटिकोका कोच डिएगो सिमोने मैदानमा प्रवेश गरे।

डिएगो सिमोने यानिक क्यारास्कोबाट खुसी थिएनन् भने उनलाई मैदान छोड्न डिएगोले निर्देशन दिए। हाल उक्त घटनाको भिडियो धेरै भाइरल हुँदै गएको छ भने यानिक क्यारास्कोको व्यवहारको धेरै आलोचना हुँदै गरेको छ। उक्त खेल भने फेयनुर्डले २-१ले जितेको थियो।