मैत्रीपूर्ण खेलमै खेलाडीहरू बिच झगडा भए पछि

युरोपेली क्लबहरू नयाँ सिजन सुरु हुनु अगाडीको मैत्रीपूर्ण खेलहरूमा व्यस्त रहेको छ र मैत्रीपूर्ण खेलहरू कम प्रतिस्पर्धी हुने गरेको कारण उक्त खेलहरूमा धेरै तनाव हुने गर्दैन तर पोर्चुगलको क्लब एफसी पोर्तो र इटालियन क्लब रोमा बिचको खेलमा भएको घटनाको हाल भिडियो भाइरल हुँदै गएको छ।

खेल ६४ औँ मिनेटमा रोमाका खेलाडी हेनरिक मेखतारियन बल अगाडी लाग्ने क्रममा उनी माथि पोर्तोका स्टार पेपेले ट्याकल गरे पछि दुई टिमका खेलाडी बिच तनाव हुन पुग्यो। उक्त समय खेलमा रोमाको १-० अग्रता रहेको थियो र ३८ वर्षका पेपेले मेखतारियनलाई फाउल गरे पछि मैदानमा खेलाडीहरू बिच मैत्रीपूर्ण खेलमै तनाव हुन पुग्यो।

उक्त फाउल पछि दुई टिमका खेलाडीहरू बिच तनाव हुन पुगेको थियो भने उक्त झगडामा सामेल हुन बेन्चमा रहेका खेलाडी पनि मैदान प्रवेस गरेको देख्न सकिन्थ्यो। उक्त फाउलको लागि पेपेले भने पहेँलो कार्ड पाएका थिए।

 

उक्त घटनाको भिडियो हाल भाइरल हुँदै गएको छ भने मैत्रीपूर्ण खेलमा पनि सो किसिमको व्यवहार भएको भनेर दुवै टिमको आलोचना भएको छ।

सो खेल भने १-१को बराबरीमा अन्त्य भएको थियो।