मैत्रीपूर्ण खेलमा थ्री स्टार क्लबको सरस्वती क्लबमाथी जित

ललितपुरे क्लब रुस्लान थ्री स्टार क्लबले सरस्वती क्लबमाथि जित निकालेको छ ।

आउदै गरेको ‘ए’ डिभिजन लिगको तयारीमा रहेका यी क्लबहरुले एन्फा कम्प्लेक्समा हिजो बुधबार मैत्रीपूर्ण खेल खेलेका थिए ।

सो खेलमा थ्री स्टार क्लबले सरस्वती क्लबलाई २-१ ले हराउन सफल भएको थियो ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग मङ्सिर २८ देखि सुरु हुनेछ ।