मैत्रीपूर्ण खेलमा जोसे मोरिन्होले पाए रातो कार्ड

प्रसिद्ध फुटबल कोच जोसे मोरिन्होले आफ्नो नयाँ क्लब रोमामा पहिलो रातो कार्ड पाएका छन्। रियल बेटिस विरुद्ध प्रि-सिजन मैत्रीपूर्ण खेलमा उनले रातो कार्ड पाएका छन् र हाल घटनाको भिडियो भाइरल हुँदै गएको छ।

पोर्चुगिज कोच जोसे मोरिन्हो धेरै विवादास्पद घटनाको लागि प्रसिद्ध छन् र आफ्नो नयाँ क्लब रोमामा पनि उनी एक विवादास्पद घटनाको भाग बनेका छन्।

खेलको ५८औँ मिनेटमा बेटिसको गोलबाट मोरिन्हो खुसी थिएनन्। खेल २-२को स्कोरमा रहेको बेला बेटिसका एलेक्स मोरेनोले गोल गर्दै खेल ३-२मा लागे र उक्त गोलको क्रममा बेटिसका खेलाडीको ह्याण्ड बल भएको रोमाका खेलाडीहरूको आरोप थियो जसलाई रेफरीले बेवास्ता गरे पछि खेलाडीहरू आक्रोशित हुन पुगे।

रोमाका लोरेन्जो पेलेग्रिनीले उक्त गोलको विरोध गरे र सो क्रममा उनले रातो कार्ड पाए भने सो घटना पछि रोमाका कोच जोसे मोरिन्हो पनि मैदानमा भित्र आए र रेफरी सँग बहस गर्न पुगे र उनले पनि रातो कार्ड पाए। उक्त गोल पछि खेलाडीहरू बिच केही तनाव भएको थियो भने जोसे मोरिन्हो पनि मैदानमा पुगे पछि उनले रातो कार्ड खाए र हाल सो घटनाको भिडियो धेरै भाइरल हुँदै गएको छ।

उक्त खेल भने बेटिसले ५-२ले जितेको थियो भने रोमाका ३ खेलाडीले सो खेलमा रातो कार्ड पाए भने कोच जोसेले पनि रातो कार्ड देख्न पाए र बाँकी खेल समयमा उनी टच लाइनमा बस्न पाएनन्।