मैत्रीपूर्ण खेलको लागि नेपाली टिमकाे घाेषणा, रोहित र विराज टिममा पर्न असफल

मलेसियिन लिग च्याम्पियन जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

मलेसियाको पसर गुडाङ स्टेडियममा हुने खेलको लागि छनोट भएका २३ खेलाडीहरूः

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजित धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई

स्ट्राइकर : विमल घर्ती मगर, विमल राणा, अभिशे रिजाल र नवयुग श्रेष्ठ

अगष्ट २६ हुने खेलमा रोहित र विराज टिममा पर्न सकेन्। यस्तै अनुभवी खेलाडी रोहित चन्द पनि यो टिममा परेका छैनन्।

त्यसतै स्ट्राइकर भरत खवास पनि उनको बिशेष कामको कारण टिममा राखिएन्। यता किरण चेम्जोङ हाल जापानी लिगमा ट्रायलका लागि गएकाले यो खेल गुमाउने भएका छन्।

फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि नेपाली टिमको यो अन्तिम तयारी खेल हुनेछ।