मैत्रीपुर्ण खेलमा नेपाली युवा टोलि पराजित

काठमाडौं, नेपाल यु-२३ टिम इन्डोनेसिया यु-२३ टिमसंगको मैत्रीपुर्ण खेलमा हार व्यहोरेको छ । इन्डोनेसियाले २-० गोलले जित्न सफल भएको हो ।

नेपाल एएफसी यु-२३ एसियन कप छनोटका लागि ताजिकिस्तानमा रहेको छ ।

इन्डोनेसियाले दुबै हाफ नेपाललाई दबाबमा राखेको थियो । दुबै गोल दोश्रो हाफमा सम्भव भएको थियो ।

पहिलो हाफमा इन्डोनेसियाका युवा खेलाडिहरुले केहि राम्रा अवसरहरु पाए पनि गोल गर्न चुक्दा पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो ।

खेलको ५५ औं मिनेटमा हानिस सघाराले गोल गर्दै सुरुआति अग्रता दिलाए ।

नेपालले खेलको अन्तिम समयमा केहि आक्रमक मुभहरु बनाए पनि गोल गर्न नसक्दा हार स्विकार्नु पर्यो ।

अतिरिक्त समयमा नेपालले अर्को गोल व्यहोर्न पुगेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।

यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।