काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रमुख प्रशिक्षक कटुवालले शुक्रबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ। नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ अटाएका छैनन् । उनी व्यवसायिक क्लब फुटबलका लागि भारतमा रहेका छन् ।
डिफेन्डर निशान खड्काले टिममा कमब्याग गरेका छन् भने नवयुग श्रेष्ठ र पुजन उपरकोटी पटि घोषणा गरेको टोलीमा अटाएका छन् । त्यस्तै, विंगर आयुष घलान पनि टोलीमा फर्केका छन् ।
नेपाली टोली– गोलकिपरः विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु । डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डरः तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिकविष्ट, आभास लामिछाने ।फरवार्डः अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का, सुजल श्रेष्ठ