“मेस्सी ३८ वर्षको उमेरसम्म खेल्न सक्छन्”

बार्साका पूर्व स्टार डिफेन्डरले अर्जेन्टिनाका स्टार अझै वर्षसम्म चम्किन जारी रहने बताएका छन्।

बार्सिलोनाका लेजेण्ड कार्लस पुयोलले घोषणा गरे कि लियोनेल मेस्सीको कम्तिमा ३८ वर्ष नपुगुञ्जेल खेल्ने क्षमता छ।

अर्जेन्टिनाका स्टार जुनमा ३३ वर्ष पुग्ने छन् तर पनि ला लिगामा उत्कृष्ट खेल्दै छन्- यो सिजन १९ खेलमा उनले १४ गोल गरेका छन् भने १२ अस्सित पनि गरेका छन्।

लामो समयको प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डो ३५ वर्षको उमेरमा युभेन्टसको साथ अझै बलियो छन् र पुयोल विश्वास गर्छन कि मेस्सीले उनि जस्तो आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्ने छन्।

“मेस्सी ३२ वर्षका छन र जो खेलाडीले आफ्नो राम्रो ख्याल राख्छन् लिओले जस्तै त्यो ३८ बर्ष सम्म पनि खेल्न सक्छन्,” पुयोलले मार्कालाई भने।

“हामी मेस्सीविना बार्सिलोनाको बारेमा किन कुरा गर्दैछौं, जब उनी अहिले यहाँ छन्? हामीले के गर्नु पर्छ कि उनीसँग सकेसम्म बढी जित्ने प्रयास गर्नुपर्दछ।”

बार्सिलोना हाल ला लिगामा दोस्रो स्थानमा छ, र रियाल म्याड्रिड संग एक अंकले पछि, मार्च १ मा स्यान्टियागो बर्नाबेउमा दुई क्लब एल क्लासिकोमा भेट्नेछन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ