‘मेस्सी १०० वर्ष बाँचुन्, उनी खेलेको दुनियाँले हेर्न रुचाउछ’ – रोनाल्डो

फूटबलको लेजेन्ड ब्राजिलियन रोनाल्डोले हालै ३२ औं जन्मदिन मनाएका मेस्सीलाई जन्मदिनको सन्देश पठाएका छन्।

‘म चाहान्छु मेस्सी अझै सय वर्ष बाँचुन।’ मार्कासँगै कुरा गर्दै रोनाल्डोले भने,‘उनलाई के भनौं र? जीवनभर फुटबल खेलेको हेर्न पाउँ।’

रोनाल्डोले दुनियाँले नै मेस्सीको खेललाई मन पराउने त्यसकारण आफूलाई उनको खेल मन नपर्ने कुरै नहुने बताए।

रोनाल्डोले मेस्सीले देशका लागि केही जित्न चाहेको आफूलाई थाहा भएको बताउँदै भने,‘मेस्सी कोपा अमेरिकामा सुरक्षित छन्। उनले देशका लागि उपाधि जित्न सक्छन्।’