मेस्सी होइन, क्रिस्टियानो रोनाल्डो बालोन डि’ओरका हकदार

बालोन डि’ ओर अवार्डको हकदारको रुपमा विश्व चर्चित फुटबल खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो को नाम सधै चर्चामा रहन्छ । फ्रान्स फुटबलले बार्षिक रुपमा प्रदान गर्दै अाएकाे बालोन डिओरको दाबेदार क्रिस्टियानो रोनाल्डो रहेको अष्टेलियाका टिम काहिलले बताएका छन् ।

बार्सिलोनोका लियोनल मेस्सी बालोन डिओर अवार्डको बलियो दाबेदारको रुपमा अगाडी आईरहेको समय अष्ट्रेलियाका फुटबलर काहिलले क्रिस्टियानो रोनाल्डो समेत बालोन डिओर अवार्डका मुख्य हकदार रहेको बताएका हुन् ।

दुवैले वर्षको उत्कृष्ट फुटबलरको अवार्ड समान ५–५ पटक जितेका छन् । मेस्सीले स्पेनिस ला लिगामा ३६ गोल गरेका छन् । मेस्सीको कप्तानीमा रहेको बार्सिलोनाले ला लिगाको उपाधि जितेको छ ।

काहिल भन्छन् ‘रोनाल्डोले युभेन्ट्समा गरेको कामलाई हेर्नपर्छ’,उनले रियल मड्रिड छाडेर अर्को लिगमा स्थानान्तरण भए । यस्तो काम गर्ने अर्को कुनै खेलाडी देखेको छैन ।’ क्रिस्टियानो रोनाल्डोले कुनै पनि क्लबमा आफ्नो प्रभाव पार्ने बताए ।