‘मेस्सी हाल विश्व फुटबलको सर्वश्रेष्ठ प्लेमेकर’

ब्रिटिस अखबार द डेली स्टारले हाल विश्व फुटबलको सबैभन्दा उत्कृष्ट प्लेमेकरको सुची तयार गरेको छ। डेली स्टारका अनुसार बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सी अहिले विश्व फुटबलको सर्वश्रेष्ठ प्लेमेकरको रूपमा रहेका छन्।

द डेली स्टारले तयार गरेको उक्त सुचीको शीर्ष स्थानमा बार्साका स्टार मेस्सी पर्न सफल भएका छन्। मेस्सीले यस सिजन ४५ खेलमा प्रभावशाली ३६ गोल गरेका छन् र १४ असिस्ट पनि प्रधान गर्न सफल भएका छन्। ६ पटकका बलोन डी’ओर विजेता हाल विश्व फुटबलको सर्वश्रेष्ठ प्लेमेकर रहेको डेली स्टारको दाबी छ।

उक्त सुचीको दोस्रो स्थानमा भने म्यान सिटीका केभिन डि ब्रोइना रहेका छन्। २९ वर्षका बेल्जियन मिडफिल्डरले यो सिजन १७ असिस्ट गर्दै ९ गोल गरेका छन्। यो सिजन उनले सिटी सँग लिग पनि जितेका छन् भने च्याम्पियन्स लिगको फाइनल पनि खेल्दै छन्।

डेली स्टारले तयार गरेको हाल विश्व फुटबलको सर्वश्रेष्ठ प्लेमेकरहरूको पूर्ण सुची तल हेर्नुहोस्:-

10. Jack Grealish (Aston Villa)

9. James Rodriguez (Everton)

8. Martin Odegaard (Arsenal/Real Madrid)

7. Thiago Alcantara (Liverpool)

6. Toni Kroos (Real Madrid)

5. Thomas Muller (Bayern Munich)

4. Neymar (Paris Saint-Germain)

3. Bruno Fernandes (Manchester United)

2. Kevin De Bruyne (Manchester City)

1. Lionel Messi (Barcelona)