“मेस्सी हाल पिएसजीको नम्बर १ खेलाडी हुन्”

पिएसजीका स्टार मिडफिल्डर एन्डर हेरेराले हाल क्लबको सबैभन्दा उत्कृष्ट खेलाडी मेस्सी रहेको दाबी गरेका छन्। ३४ वर्षका सुपरस्टार मेस्सी यो वर्ष बार्सामा पिएसजीमा फ्री एजेन्टको रुपमा आएका थिए र हाल सम्म मेस्सीले पिएसजीमा १६ खेलमा ६ गोल गरेका छन्।

मेस्सीको खेल लिग वानमा भने धेरै राम्रो रहेको छैन र हाल उनको १ गोल मात्र रहेको बेला युवा स्टार एम्बाप्पेले २३ खेलमा १३ गोल गरेका छन् र एम्बाप्पे हाल क्लबको उत्कृष्ट खेलाडी रहेको धेरैको विश्वास हुँदा स्पेनिस स्टार एन्डर हेरेराले भने मेस्सी हाल पिएसजीको नम्बर १ खेलाडी रहेको दाबी गरेका छन्।

“किलियन आगामी धेरै वर्षसम्म विश्वको उत्कृष्ट खेलाडी हुनेछन्, तर हाल लियो नम्बर एक हो भन्नेमा हामी सबै सहमत छौँ। यसमा कुनै शङ्का छैन,” म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डरले मुन्डो डेपोर्टिभोलाई भने।

“एम्बाप्पेमा धेरै नम्रता छ र लियोबाट सिक्ने इच्छा छ।”

“मेस्सीको स्तरका खेलाडीहरूले अनुकूलन समय छोटो पार्छन्,” ३२ वर्षीयले थपे। “उनी फ्रान्समा, स्पेनमा, जापानमा वा मेडागास्करमा उस्तै खेल्नेछन्।

“उनले आफ्नो सातौँ बालोन डि’ओर जितेका छन् र प्रशिक्षणलाई उनले रमाइलोको साथ लिने गर्छ जस्तै कि उनले अहिले मात्र खेल्न थालेका हुन्। उनले कुनै प्रशिक्षण कार्यलाई मजाकको रूपमा लिइँदैनन् ।