मेस्सी, सुवारेज र ग्रीजम्यान भ्यालेन्सिया बिरुद्धको खेलमा मैदान उत्रने

स्पेनिस लिग ला लिगामा अर्को हप्ता हुने बार्सिलोना र भ्यालेन्सिया विरुद्धको खेलमा बार्साका कप्तान लियोनल मेस्सी सहित लुइस सुवारेज पनि मैदानमा देख्न सकिने प्रबल सम्भावना देखेको छ ।

चोटका कारण मैदान बाहिर रहदै आएका मेस्सी र सुवारेज दुबै फिट रहेको र भ्यालेन्सिया बिरुद्ध खेल्न सक्ने छ ।

लिगको पहिलो खेलमा अट्लेटिक बिल्बाओ बिरुद्ध ग्रीजम्यानसंग मैदान उत्रिएको सुवारेज सो खेलको पहिलो हाफमै चोटका कारण मैदान बाहिर निस्कनु परेको थियो । त्यस खेल पछि ग्रीजम्यान र अरु युवा खेलाडीहरुले बार्सिलोनाको अट्याकिङ लाइन सम्हालिरहेको थियो ।

भ्यालेन्सियाबिरुद्धको खेलमा भने यी तिनै खेलाडी फ्रन्ट लाइनमा देख्न सक्ने भएको छ ।